Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान बिर्तामोड-५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार जना पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बू रहेका छन् ।
कलेजको पोशाकमा रहेका आठजना युवाहरूबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा सुरू भएको थियो, स्थानीय देवी माविका शिक्षकले गाली गरेपछि उनीहरूको झगडा त्यहाँ साम्य भए पनि पुनः झगडा सुरू भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij