Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग

  • काठमाडौं । केटीको नामको फेसबुक आईडी बनाई हनी ट्रयापमा पार्न खोजेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् । चितवन प्रहरीको सहयोगमा उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा पोखरा २९, तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर १३, टाँडीका २० वर्षीय प्रवेश रिमाल र सिरहाको लाहान १, रमाद मटियवराका २१ वर्षीय युनिक सिंह हुन् ।

    AGNI GROUP

    उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा केटीको नामको नक्कली फेसबुक बनाई पुरुष व्यक्तिलाई साथी बनाई अश्लील भिडियो देखाएर हनी ट्रयाप पार्न खोजेको अभियोग छ । जसमा उनीहरुले अश्लील भिडियो स्क्रिन रेकर्ड गरिसकेपछि रकमको बार्गेनिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिने धम्की दिँदै आएको सूचना आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij