Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनले पाए अमेरिका भ्रमणको निम्तो

बालेनले पाए अमेरिका भ्रमणको निम्तो

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर.थम्प्सनले शिष्टाचार भेट गरेका छन् । बालेनको कार्यकक्षमा भएको भेटघाटमा आपसी सहकार्यका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    बालेनले भने "आपसी कार्यक्रमका रूपमा हामीले आईटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरू विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्," ।

    AGNI GROUP

    भेटका क्रममा राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए ।राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij