Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरी श्रीमतीको हत्या : यस्तो आयो बयान !

प्रहरी श्रीमतीको हत्या : यस्तो आयो बयान !

  • दाङ । महिला प्रहरीमाथि गोली प्रहारगरि हत्या गर्ने सहायक प्रहरी हवलदार यमबहादुर झाँक्रीले आफू कार्यरत नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रकै हतियार लिएर आएको बयान दिएका छन् । उनले बिहीबार वडा प्रहरी कार्यालयमा कार्यरत श्रीमती महिला प्रहरी धनमाया थापालाई तीन राउन्ड गोली प्रहार गरी हत्या गरेका थिए । हत्यामा उनले पेस्तोल प्रयोग गरेका थिए । उक्त पेस्तोल नेपालगन्जस्थित तालिम केन्द्रबाट आफूले ल्याएको जिल्ला प्रहरी कार्यालय दाङ समक्ष बयान दिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    उसले तालिम केन्द्रबाटै ल्याएको पेस्तोल प्रयोग गरेको रहेछ, 'जिल्ला प्रहरी प्रमुख, एसपी रामबहादुर केसीले भने, ‘उसले आफू डिउटीमा छदा प्रयोग गर्दै आएको हतियार लिएर दाङ आएको रहेछ।’ उनका अनुसार प्रहरीले डियुटिका क्रममा प्रयोग गरेको हतियार सम्बन्धित प्रहरी कार्यालयमा बुझाएर मात्रै डिउटी बाहिर निस्कन मिल्छ।

    AGNI GROUP

    तर झाँक्रीले आफूले प्रयोग गर्दै आएको पेस्तोल प्रहरी कार्यालयमा नबुझाएर बाहिर निस्किएको हुनसक्ने एसपी केसीले जानकारी दिए । उनका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए । बिहीबार बेलुका श्रीमतीको हत्या गरेका झाँक्री गोली प्रहार गरेर फरार भएका थिए । उनलाई घोराही लमही सडक खण्डको अर्जुनखोलाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । झाँक्रीले बिहीबार साँझ घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी श्रीमती धनमाया थापालाई गोली हानी हत्या गरेका हुन् । उनी नेपाल प्रहरी, तालिम केन्द्र नेपालगन्जमा कार्यरत थिए । नागरिक

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij