Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमरदीप गृह जाँदै गर्दा ललितपुरको सहायक सीडीओमा कल्पना 

अमरदीप गृह जाँदै गर्दा ललितपुरको सहायक सीडीओमा कल्पना 

  • काठमाडौं । गृह मन्त्रालयले सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको आइतबारको निर्णयबाट विभिन्न जिल्लामा कार्यरत रहेका सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, एक निर्देशकसहित २८ जना उपसचिवको सरुवा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका अनुसार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको जिल्ला प्रशासन कार्यालय सल्यान सरुवा गरेर काजमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको गृह मन्त्रालय, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारीको मोहनबहादुर थापाको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवरको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिम, प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको जिल्ला प्रशासन कार्यालय चितवन र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएको छ ।

    AGNI GROUP

    ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको गृह मन्त्रालयमा सरुवा भएको छ ।

    यस्तै, गृह मन्त्रालयका उपसचिव टेककुमार रेग्मीको मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने उत्तमकुमार घिमिरेको जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारी, छविरमण भट्टराई बाराको सहायक प्रमुख जिल्ला अधिकारीमा, इलाका प्रशासन कार्यालय टिकापुरमा कार्यरत चिरञ्जीवी रानाको रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । 

    गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्णप्रसाद सापकोटाको अध्यागमन कार्यालयको निर्देशक र मन्त्रालयकै पुष्कर रानाको जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरिएको छ । कारागार कार्यालय नख्खुका जेलर कल्पना घिमिरेको जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा र केन्द्रिय कारागार कार्यालयका जेलर ललितकुमार बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ । 

    यस्तै अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत मित्रलाल शर्माको कारागार कार्यालय नख्खु र पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत लीला वल्लभ न्यौपानेको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा सरुवा भएको छ भने अध्यागमन विभागका निर्देशक कृष्णबहादुर कटुवालको केन्द्रीय कारागार कार्यालयको जेलरमा सरुवा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट