Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मकवानपुरबाट प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौडा उपमहानगरपालिका १५ रातोमाटे चेक प्वाइन्टस्थित पूर्वपश्चिम सडक खण्डमा स्रोत नखुलेको रकम सहित ४ जनालाई पक्राउ गरेको हो ।
वीरगन्जबाट नारायणघाट तर्फ जाँदै गरेको बिआर ०१एअर२९९१ नम्बरको को इन्डियन कारलाई शङ्का लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई छिपाई गरी राखेको भारतीय रुपैयाँ ५०० को नोट १०४२ थानमा रूपैयाँ पाँच लाख एक्काइस हजार २०० को नोट ९३ थानमा भारु १८ हजार ६ सय,१०० को नोट ९३ थान भारू ९हजार ३ सय, ५० को नोट ४ थान भारू २ सय गरी जम्मा भारू ५, लाख ४९ हजार १ सय र नेपाली रुपैयाँ नेरू २ लाख ५० हजार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा कार चालक देश भारत बिहार राज्य सितामणी थाना ९ बस्ने भुभैरवो बस्ने बर्ष ३० को राकेश कुमार र सोही गाडिमा सवार बर्ष ३०को चन्द्र बाबु, बर्ष ३७ को अशोक राय,जिल्ला सुनसरी कोशी गापा४ बस्ने बर्ष ३२ को निजाम मिया समेतलाई कार सहित नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij