Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तारेभिर घटना: एकतर्फी प्रेमको कारण सुष्माको हत्या भएको निष्कर्ष

तारेभिर घटना: एकतर्फी प्रेमको कारण सुष्माको हत्या भएको निष्कर्ष

  • काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय रुपेन्द्र लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi
    तारेभिरकै बासिन्दा सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । उनी बुढानिलकण्ठ माविमा कक्षा १२ मा पढ्दै थिइन् ।
    सोही क्रममा गत फागुन २५ गते शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा उनको शव फेला पारेको थियो । उनको एक महिना अघि नै हत्या भएको प्रहरीको निष्कर्ष छ ।

    प्रहरीका अनुसार एकतर्फी प्रेमका कारण हत्या भएको हुनसक्छ । युवकले उक्त दिन पनि केटीलाई एक्लै कलेज गइरहेको अवस्थामा प्रेम प्रस्ताव राखेको र नमानेपछि हत्या गरेको प्रहरीले जनाएको थियो ।

    AGNI GROUP

    हत्यापछि युवकले शुष्माको फेसबुक चलाइरहेको पाइएको छ । शुष्माको फेसबुकबाट केटाले नै आफूले विहे गरेको लगायतका स्टाटस पोस्ट गरेर भ्रम छर्न खोजेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij