Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजनीतिक स्टन्ट गर्न खोजियो: सांसद चौधरी

राजनीतिक स्टन्ट गर्न खोजियो: सांसद चौधरी

  • काठमाडौं । आफुमाथि गरिएको अनुसन्धानलाई सांसद विनोद चौधरीले राजनीतिक स्टन्ट भएको बताएका छन् । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किने क्रममा सांसद चौधरीले आफूमाथि गरिएको अनुसन्धान राजनीतिक प्रतिशोध भएको प्रतिक्रिया दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाउनु नपर्ने उनको भनाइ छ । एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको चौधरीको गुनासो थियो । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले प्रशासनलाई सहयोग गर्ने हिसाबले बयानका लागि उपस्थित भएको उनले बताए ।

    AGNI GROUP
    ममाथि अनुसन्धानका बारेमा संसदलाई जानकारी गराएको पत्र जुनरुपले सञ्चारमाध्यममा आए यसले राजनीतिक स्टन्ट भएको पुष्टि गरेको उनको भनाइ छ ।

    उनले भने – ‘४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ । ’ उनले भने, ‘देशको अर्थतन्त्र कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij