Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

काठमाडौँ र ललितपुरमा लाखौँ बराबरको चोरी

काठमाडौँ र ललितपुरमा लाखौँ बराबरको चोरी

  • काठमाडौं । बुधबार काठमाडौँ र ललितपुर जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका-२ बस्ने रामकृष्ण पाण्डेको घरमा चोरी भएको हो ।

    images
    images
    images

    कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख रुपैयाँ समेत गरी करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको  प्रहरीले जानकारी दिएको छ । 

    images

    यसैगरी ललितपुर महानगरपालिका-२६ सुनाकोठी डेरा गरी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ घर भएकी कमला सिटौलाको कोठाबाट सुनका विभिन्न गहना लगायतका समान गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij