Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मंगलबार बिहान ८ बजे बस्ने गरी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
शीर्ष तहका नेताको बैठकमा संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको छ । ‘संसदका समसायिक विषयमा छलफल गर्न संसदीय समितिको बैठक भोलि बिहान बस्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘बजेट अधिवेशनको तयारी, संसद्मा आएका विधेयक, संसद्को अहिलेको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बस्छ ।’
मंगलबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij