Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ

डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ

  • काठमाडौं । डलर देखाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरूले २०८० चैत १ मा भक्तपुरको लोकन्थलीमा डलर साट्ने बहाना बनाएर ३ लाख ५० हजार ठगेर भागेको आरोप छ । आरोपीहरू विरुद्ध ओखलढुङ्गा घर भएर बुढानीलकण्ठ बस्ने ३२ बर्सिया हिरुमाया मगरले उजुरी दिएकी छन् । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

    images

    पक्राउ परेका आरोपीहरुविरुद्ध यसअघि पनि ठगी र अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij