Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन

  • काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाईसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्‍याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए ।

    images

    घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

    हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij