Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । छिमेकीको छोरीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका-१८ जरूवा लक्ष्मिनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र पूजाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरू आमा र छोरी हुन् ।
गत बुधबार बिहान १० बजेको समयमा स्थानीय रमेश यादवको छोरी वर्ष ३ वर्षीया रियाकुमारी यादव आफ्नै घरबाट बेपत्ता भएकी थिइन् । प्रहरीमा जानकारी गराएपछि रियालाई खोजतलास गर्ने क्रममा शुक्रबार राति करिब साढे ११ बजे मृत फेला परेकी थिइन् ।
विशेष सूचनाको आधारमा रमेशको घरभन्दा उत्तर पट्टीसँगै रहेका छिमेकी सोना देवीको घरको छतमाथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टाभित्र सेतो कालो रंगको प्लाष्टिकको बोराभित्र शवलाई लुकाईछिपाई राखेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार करिब १ वर्षदेखि सोना देवीका श्रीमान् धनिकलाल र रमेशको घर परिवारसँग झै-झगडा हुँदै आएकोमा सोही कुराको रिसिइवी राखी रियाको हत्या गर्ने योजना बनाएका थिए ।
गत बुधबार रमेशको छोरी रिया खेल्दै घर आँगनमा आएकोदेखि पसलबाट बिस्कुट दिएर फकाई आफ्नो घरभित्र लगि घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता सापकोटाले बताए ।
घटना पश्चात् धनिकलाल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij