Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने पक्राउ

मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने पक्राउ

  • काठमाडौं । रौतहट प्रहरीले अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई पक्राउ गरेको छ । स्थानीय राजदेवी नगरपालिका ९-ब्रहम्पुरी टोलका  ४५ वर्षीय नितेश सिंहलाई  पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । 

    onlinepatrika
    Arghakhachi

    मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा  स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो । 

    AGNI GROUP

    आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “आपराधिक उपद्रो” शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij