Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरिक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ । दूतावासले नेपालमा म्यानपावरबारे बुझ्न आएका कतारी नागरिकको टोलीलाई सवारी साधनमात्र उपलब्ध गराएको खुलेको हो ।
नेपालस्थित कतारी राजदूतावासका राजदूत युसूफ मोहम्मदले घटनाबारे प्रष्ट पार्दै अनलाइन पत्रिकालाई भने, ‘राज्यको जिम्मेवार निकाय राजदुतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनैपनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता छैन ।’
कतारी टोलीले नेपालवाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् की सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको बताईन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij