Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं छ। धादिङको गजुरी तथा बेनीघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको हो। नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर उपलब्ध गराएको छ।
प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको जनाएको छ ।
विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५-३० एम्पिएर क्षमताको बक्स सहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउँछन् । मिटर जडान बापतको सेवा शुल्क पनि ग्राहकले तिर्नु पर्दैन ।
चितवनको इच्छाकामना गाउँपालिका-१, कालिङमा शनिबार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण गरिएको घोषणा गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij