Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोटेश्वरमा कुटपिट गरेको आरोप दुई जना पक्राउ

कोटेश्वरमा कुटपिट गरेको आरोप दुई जना पक्राउ

  • काठमाडौं । कुटपिट तथा अंगभंग कसुरमा फरार रहेका दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । काभ्रेका २६ वर्षीय मिलन तामाङ र तेमाल-७ का २८ वर्षीय विजय लामालाई पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    गत फागुन १७ गते कोटेश्वरस्थित केएलसी क्लबबाहिर राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरेको आरोप उनीहरूमाथि छ । पक्राउ परेका मध्ये मिलन यसअघि विभिन्न ५ वटा कसुरमा मुद्दा खेपेका व्यक्ती हुन् ।

    AGNI GROUP

    जुवा सम्बन्धी कसुरमा २०७३ सालमा ललितपुरमा, ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा २०७४ सालमा काठमाडौंमा तथा २०७७ सालमा चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौंमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

    उनले दुई पटक अभद्र व्यवहार कसुर पनि खेपेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट