Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकीकृत समाजवादीको सचिवालयले गर्‍यो पाँच निर्णय

एकीकृत समाजवादीको सचिवालयले गर्‍यो पाँच निर्णय

  • काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीको मुस्ताङ जिल्ला कमिटी इन्चार्जमा कृष्ण नेपाली र स्याङ्जाको इन्चार्जमा अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको ८३ औं सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    AGNI GROUP

    त्यस्तै संंसदको गतिरोध अन्त्य गर्नका निम्ति गरिएको सम्वादबारे पनि सचिवालय बैठकमा छलफल भएको उनले बताए । असार १६ देखि २० गतेसम्म हुन लागेको पार्टीको दसौं महाधिवेशनको प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

    यसैबीच पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली बुधबार चीन प्रस्थान गर्न लागेकाले उनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij