Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्ने तयारी गरेका छन् । आज साँझसम्म नै त्यो निर्णय गर्ने तयारी रहेको निकटस्थ स्रोतले जानकारी दियो ।
सभापति देउवा केही दिनदेखि विरामी छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण आज बसेको संसदीय दलको बैठकको सभापतित्व पनि राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौलाले गरेका थिए भने संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि भइरहेको छलफलमा शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भनिएको बैठकमा पनि देउवा आउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।
कार्यवाहक सभापति दिने विषयमा कांग्रेसभित्रको उनको टिममा भने कुरा मिल्न सकेको छैन । प्रवक्ता प्रकाशशरण महत, प्रतिनिधि सभामा प्रमुख सचेतक रमेश लेखक, वीरबहादुर बलायरलगायत उपसभापति खड्कालाई कार्यवाहक सभापति दिन हुन्न भन्ने पक्षमा खुलेर लागेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij