
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् ।
शनिवारबाट काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए ।
नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको उनको भनाइ छ । श्रेष्ठले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij