Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण

मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण

  • काठमाडौं । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।

    images
    images
    images

    चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६:२३ मा चाङ-इ-६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।

    images

    चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो ।

    यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ ।

    चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij