Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

  • काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    images
    images
    images

    लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ । नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ ।

    images

    नीति तथा कार्यक्रममा किसानको हातः प्रदेशको साथ, व्यावसायिक कृषिः लुम्बिनी प्रदेशको समृद्धि, स्वस्थ जीवनको आधारः माटोमा सुधार, कृषिको आधारः सिचाईमा सुधार, प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम, लुम्बिनीका महिलाः आत्मनिर्भरतामा पहिला, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम जस्ता कार्यक्रम समावेश गरिएको छ ।

    लुम्बिनीका १२ जिल्लामा सञ्चालित पुराना योजनालाई पूरा गर्ने लक्ष्य, पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीतलाको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij