Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषधीसहित एक जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका बस्ने ४१ वर्षीय श्रीप्रसाद बुढाथोकीलाई पक्राउ गरेको हो ।
गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका बुढाथोकीलाई प्रहरीले शंकास्पद अवस्थामा फेलापारी निजको शरीर खानतलासी गर्दा लागु औषधी खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
बुढाथोकीलाई प्रहरीले थप अनुसन्धान गरिहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij