Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको अर्थ मन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम पनि तय गरिएको छ ।
यस्तै आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् ।
बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, आज अर्थ मन्त्री पुनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् भने ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij