Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका छोटीलाल चौधरी बिहीबार बिहान ७ बजेदेखि नै इलाका प्रशासन कार्यालय अगाडि लाइनमा बसे।जेष्ठ नागरिक उनी सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालयमा जाने गरेका थिए ।
तर वडा कार्यालयले अहिले भत्ता बुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। त्यही परिचय पत्र नम्बर लिन उनी लाइनमा बसेका हुन् । परिचय पत्र बनाउन भनेर उनी बिहान करिब ६ बजे नै घरबाट अटो चढेर तुलसीपुर पुगेका हुन् ।
‘यसअघि वडामा परिचय पत्र बनाउने भनेर आएको थियो । तर फेरि अहिले भत्ता लिन परिचय पत्र चाहिने भनेर यहाँ पठाइदियो,’ उनले भने । तर गर्मीमा पनि वृद्ध/वृद्धाहरूलाई लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनी गुनासो गर्छन् । मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीकी प्रमुख श्रीया रिजालका अनुसार बुधबार जिल्लाको अधिकतम तापक्रम ३५.८ डिग्री सेल्सियस थियो ।
‘यहाँ आए पनि कम्तीमा हामी जस्ता वृद्धलाई प्रत्येक वडा अनुसार फरक-फरक ठाउँबाट सेवा प्रशासनले दिएको भए यति दुःख खेप्नु पर्ने थिएन,’ चौधरीले भने, ‘म बिहान ७ बजे लाइनमा बसेको हुँ हेर्नुस् अहिले दिउँसो भइसक्यो कागज सबै बुझाएको छु तर नाम अझै आएको छैन ।’
इलाका प्रशासनमा कार्यालय खुलेको चार घन्टा बितिसक्दा पनि जेठानका लागि परिचय पत्र बनाउने पालो आइनसकेको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij