Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७० खर्ब नाघ्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७० खर्ब नाघ्यो

  • काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ७० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको निक्षेप ७० खर्ब ५ अर्ब रुपैयाँ नाघेको हो ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको ६२ खर्ब भन्दा धेरै रहेको छ । वाणिज्य बैंकहरुको निक्षेप ६२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो ।

    images

    विकास बैक र फाइनान्स कम्पनीहरूको साढे ७ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरूको सिडी रेसियो ७८.३९ प्रतिशत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij