Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री लामिछानेले समाचार रोक्न दबाब दिएको कान्तिपुरका प्रवन्ध निर्देशक सम्भव सिरोहियाको आरोप

गृहमन्त्री लामिछानेले समाचार रोक्न दबाब दिएको कान्तिपुरका प्रवन्ध निर्देशक सम्भव सिरोहियाको आरोप

  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियालाई आफूविरुद्धका समाचार दबाउन अनुरोध गरेको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान भिडिओ सन्देश जारी गर्दै उनले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेख्न थालेपछि समाचार फलोअप नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले अनुरोध गरेको दाबी गरेका हुन् ।

    AGNI GROUP

    लामिछानेको अनुरोधलाई आफुहरुले नमानेकैले प्रतिशोधका आधारमा उनले आफ्ना पितासमेत रहेका ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी गरेको छ । लामिछानेले रिसिबी साध्न अध्यक्षलाई झुटो आरोपमा फसाएको सम्भवको दाबी छ ।

    उनको भिडियो सन्देशमा कान्तिपुरले गरेका कामको प्रचारसँगै लामिछानेका विषयमा सबै भन्दा बढी समय खर्चिएको छ ।

    उनले जारी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही समय मत्थर देखिएको यो प्रकरण फेरि सतहमा आएको छ ।

    उनले जारी गरेको भिडियोमा कमेन्ट सेक्सन अफ गरिएपनि पक्ष विपक्षमा बहस हुन थालेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij