
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर, काठमाडौंमा नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा प्रमुख आयुक्त महेन्द्रराज रंजितबाट स्काउट दिक्षा लिएका छन् ।
दिक्षान्त समारोहमा मन्त्री श्रेष्ठले मन्तव्य राख्दै स्काउटको विकास र विस्तारको लागि युवा तथा खेलकुद मन्त्रालयले सदैव सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्काउटको काम–कारवाहीमा मन्त्रालयले हस्तक्षेप नगर्ने कुरा व्यक्त गरे ।
मन्त्री श्रेष्ठले नेपाल स्काउटको सदस्यहरु कुनै पनि राजनीतिक पार्टीको सदस्य भई नेपाल स्काउटको सदस्य हुन नसक्ने ऐनमा व्यवस्थामा भएकोले स्वघोषणा गरि नेपाल स्काउटलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भनाई राखे ।
उक्त समारोह पश्चात नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले प्रमुख स्काउट समक्ष स्काउटको समग्र प्रगतिको विषयमा संक्षिप्त जानकारी दिएका थिए । प्रमुख स्काउटले नेपाल स्काउटको व्यवसायिक भवन तथा जग्गाको स्थलगत अवलोकनसमेत गरेका थिए ।
समारोहमा युवा तथा खेलकुद मन्त्रालय सचिव सुमनराज अर्यालले राष्ट्रिय परिषद सदस्य र उपसचिव रमा भट्टराईले युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि, राष्ट्रिय कार्यकारी समितिको सदस्यको रुपमा प्रमुख स्काउटबाट स्काउट दिक्षा लिएका छन् । उक्त दिक्षान्त समारोहमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त, पूर्व सह–प्रमुख आयुक्तहरु, सह–प्रमुख आयुक्तहरु, राष्ट्रिय कार्यकारी समिति सदस्यहरु, राष्ट्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्य, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक र रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij