Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

मानवअधिकार आयोगमा उजुरी घट्दै

मानवअधिकार आयोगमा उजुरी घट्दै

  • काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी दिने क्रम घट्दै गएको छ ।   

    images
    images
    images

    स्थापनादेखि (२०६३ साल) आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् । आयोगको प्रदेश कार्यालयका मानवअधिकार अधिकृत विदेशराम चौधरीले आयोगमा पछिल्ला वर्षहरुमा उजुरी दिने क्रम घट्दै गएको बताए ।

    images

    “पुराना र नयाँ गरी यस वर्ष २१ वटा मुद्दाको अनुसन्धान गरी प्रतिवेदनसहित क्षतिपूर्ति, कारबाहीलगायत सिफारिस केन्द्रीय आयोगमा पठाउँदै छौँ”, उनले भने, “चालु आर्थिक वर्षमा पाँचदेखि सात वटा उजुरी मात्रै यहाँ दर्ता भएका छन् ।”

    द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित रहेको बताउँदै चौधरीले यहाँ परेका उजुरीमध्ये धेरै खारेजी, केही तामेली र केहीले क्षतिपूर्ति पाइसकेको जानकारी दिए ।
    “आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी ४०/५० को सङ्ख्यामा आए पनि धेरै तत्काल समाधान भइहाल्छन्”, उनले भने, “उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने किसिमका मुद्दा कम आउने गरेका छन् ।”
    आयोगको सिफारिसप्रति राज्य गम्भीर नभएकाले पनि आयोगमा उजुरी आउने क्रम घटेको हुनसक्ने उहाँको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij