Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदमा कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको: गृहमन्त्री

संसदमा कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको: गृहमन्त्री

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मूल्य मान्यता र मर्यादाहीन भएको आरोप लगाएपछि आफू त्यसबारे जवाफ दिन तयार रहेको समेत बताए ।

    AGNI GROUP

    उनले आफूले सञ्चारमाध्यममा आएका अन्य बिषयहरु सदनमा राखेको दाबी गरे । लामिछानेले अनुसन्धानको विषय वाहिर हल्ला नहुने बताउँदै विभिन्न घोटाला काण्डहरुको छानबिन कार्य भइरहेको र समय आएपछि त्यसबारे जानकारी दिए ।

    ‘सञ्चार माध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ । पत्रपत्रिका र सञ्चार माध्यममा आएकै कुराले गर्दा खेरी हो,’ लामिछानेले भने, ‘अरू प्रश्न पनि छन् होला नि साथीहरू? तपाईँहरूका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्न महिनौँसम्म सोध्नु भयो भने कसरी हुन्छ? अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै अगाडि गइन्छ र?

    गृहमन्त्री लामिछाने विराटनगरमा सुरक्षा गोष्ठी लगायत विभिन्न कार्यक्रम सम्बोधन गर्न विराटनगर पुगेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij