Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौंको टोखा र चन्द्रगिरीमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा श्रीटोल डेरा गरी बस्ने स्याङजा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडेर नगद, सुनका विभिन्न गरगहना, ल्याटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी खरिबोट डेरा गरी बस्ने सरस्वती तामाङको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथ घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij