Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूका प्रश्नको जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ ।
यसका साथै आजको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij