Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हत्या आरोपमा संलग्न एक जना पक्राउ

हत्या आरोपमा संलग्न एक जना पक्राउ

  • काठमाडौं । हत्या आरोपमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको  छ। विराटनगर-४ का २४ वर्षीय गणेश भन्ने रमेश यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पिट र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीवार यादवलाई पक्राउ गरेको हो।

    AGNI GROUP

    असार ५ गते बुधबार राति रमेश यादवले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ वर्षीय अक्लेशकुमार यादवलाई सामान्य  विवादका क्रममा धारिलो हतियार छुरा प्रहार गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

    छुरा प्रहारबाट घाइते भएका यादवको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो। घटनामा संलग्न यादवलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेका थियो।

    पक्राउ परेका यादवको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij