Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तरिका मिल्यो भने प्रधानमन्त्रीको पुरै कार्यकाल खान्छु: प्रचण्ड

तरिका मिल्यो भने प्रधानमन्त्रीको पुरै कार्यकाल खान्छु: प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताए।

    AGNI GROUP

    ‘‘अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन’, प्रधानमन्त्री प्रचण्डले भने ।

    आफू सत्ता समीकरणमा रहेका दलहरुबीचको समझदारीमा आफू इमान्दार रहेको प्रचण्डले बताए । ‘हामी इमान्दारपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टि तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफ्नो काम गर्नुहोला’, प्रचण्डले पार्टीका कार्यकर्ताहरुलाई भने ।

    अब छिट्टै केन्द्रीय समिति बैठक बसेर पार्टीका संगठनहरुलाई पनि चलायमान बनाउने निर्णय गर्ने उनले बताए । कार्यकर्तालाई फुर्सद नदिने गरी कामको जिम्मेवारी दिने उनको भनाइ छ ।

    ‘अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, प्रचण्डले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij