Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छाउपडी प्रथाका विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छः गृहमन्त्री

छाउपडी प्रथाका विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छः गृहमन्त्री

  • काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री लामिछानले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

    AGNI GROUP

    उनले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लािग समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे ।

    त्यस्तै उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एकजनालाई पक्राउ गरिएको बताए । उहाले पिडित बालिकाको उपचार भइरहको पनि जानकारी दिए ।

    गृहमन्त्री लामिछानले निर्मला पन्तको हत्याको अनुसन्धान अझै पनि प्राथमिकतामा रहेको र अनुसन्धान भइरहेको बताए । उनले महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शुन्य सहनशीलता कायम गरि कारबाही गर्न निर्देशन दिएको पनि बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij