Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ। मेलम्ची नदीको बहाब बढेर बाढी आई धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो।
माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो। साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।
गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन। समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो। तर नदीमा पानीको बहाव नबढेपछि आयोजना सञ्चालन नै राखिएको थियो।
मनसुनको विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij