Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा १८ परिवार विस्थापित

सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा १८ परिवार विस्थापित

  • काठमाडौं । सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन्। सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका–१ को पथुडातिर सोझिदा झ्याँबगरका १४ र पथुडाका ४ परिवार गरी १८ परिवार विस्थापित भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    झ्याबगर गाउँ दुईवटा भँगालोको बीचमा परेको छ। गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका हुन्।

    AGNI GROUP

    ‘गाउँको बीचमा सेती नदीको भँगालो पसेपछि बिहानै गाउँ छोडेका छौँ’, झ्याँबगरका बासिन्दा एवं थलारा गाउँपालिका–९, का वडाध्यक्ष लोकेन्द्र विष्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ। जुनसुकै वेला पनि गाउँ बगाउन सक्छ।’

    बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घरभित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका अर्का स्थानीय नवीनबहादुर विष्टले बताए। यस्तै केदारस्युँ–१ पथुडाका मंंगल भण्डारीले पनि सेतीले हेर्दाहेर्दै रोपेका खेत बगाएको र कटान नरोकिएकाले घर छोडेर भागेको बताए।

    उनले भने, ‘हेर्दाहेदै रोपेका खेत बगिसके, अब घर बग्न बेर लाग्दैन। हामी चार परिवारले घर छोडिसक्यौं अझै तीन घरका पनि विस्थापित हुने क्रममा छन्।’

    सेती नदीले केदारस्युँ–१ को देउरा, पथुडा र रायल, थलारा गाउँपालिकाको वडा नम्बर ९ झ्याबगर, लिस्ताडा, वडा नम्बर १ को रेगम, छबिसथिभेरा १ को भण्डारी गाउँ, परिङ्गाल, बगडगाउँ र जयपृथ्वीनगर पालिकाको वडा नम्बर ११ भोपुरमा सेती नदीले धारी परिवर्तन गरी कटान शुरु गरेको छ।

    लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा अवरुद्ध भइरहेको छ। बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि जिल्लाभरको आवागमन प्रभावित हुँदै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij