Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माताको आवरणमा ठग्नेको बल्ल ठेगान

माताको आवरणमा ठग्नेको बल्ल ठेगान

  • काठमाडौं । आफूलाई दुर्गा माता बताउँदै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा ‘माता हुँ’, ‘बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    गाउँका सोझा महिलाहरूलाई 'बाँझोपना हटाइदिन्छु' भनेर झुक्याई ठगी गरेको उजुरीको आधारमा हजरून खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

    AGNI GROUP

    ३६ वर्षीय खातुनले तीन लाख ४४ हजार नगद र गरगहना ठगी गरेको आरोप छ । पक्राउ परेकी खातुनलाई कालिकोट पुर्‍याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij