Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राज्यको नीति अनुसन्धान र प्रमाणमा आधारित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

राज्यको नीति अनुसन्धान र प्रमाणमा आधारित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले अवलम्बन गर्ने नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्ने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकका लागि दीर्घकालीन महत्व राख्ने आन्तरिक मामिला तथा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्बन गर्ने नीतिहरू अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्दछ ।’ उनले राज्यलाई आवश्यक ज्ञान उत्पादनका लागि गरिने अनुसन्धानमा राज्यले नै लगानी पनि बताइन् ।

    AGNI GROUP

    पूर्वराष्ट्रपति भण्डारीले तथ्य र प्रमाणमा आधारित ज्ञान उत्पादनका लागि विश्वविद्यालयअन्तर्गत स्थापित अध्ययन–अनुसन्धान केन्द्रहरू, सरकारद्वारा प्रत्यक्ष रूपमा स्थापित गरेका ‘थिंक ट्यांक’ संस्थाहरू, गैरसरकारी क्षेत्रद्वारा सञ्चालित अध्ययन–अनुसन्धान संस्थाहरूसँग समन्वयात्मक रूपमा काम गर्न स्पष्ट रणनीतिको आवश्यकता पर्ने बताइन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij