Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

तेस्रोपटकको थप म्याद सकियो, तर अस्पताल भवन निर्माणको काम सकिएन

तेस्रोपटकको थप म्याद सकियो, तर अस्पताल भवन निर्माणको काम सकिएन

  • काठमाडौं। मनाङका स्थानीयलाई सहज रुपमा स्वास्थ्य उपचारको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण भइरहेको अस्पताल भवन पूरा हुन सकेको छैन। स्वास्थ्य चौकीभन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनामा सेवा प्रवाह हुँदै आएको अस्पताललाई १५ शय्यामा स्तरोन्नतिको काम पूरा हुन नसकेको हो।

    onlinepatrika
    Arghakhachi

    जीर्ण भौतिक पूर्वाधार भएको भवनबाट जिल्लावासीलाई प्रभावकारी सेवा पु¥याउन सकिएको छैन। यस अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रदेश सरकारले चार वर्ष अघिदेखि अस्पताल निर्माणको काम भइरहेको छ । तेस्रोपटक पनि म्याद थप गरियो तर काम सकिएन।

    AGNI GROUP

    तीनपटक म्याद थप गरिसकिएको छ । अन्तिम पटकको म्याद पनि सकिसकेको अवस्था भए पनि निर्माणको काम भने सकिएको छैन। उक्त अस्पताल भवनको संरचना निर्माण पूरा गर्न चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था आएको छ।

    ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गम क्षेत्रबाट बिरामीले सास्ती खेप्नुपरेको छ। विसं २०८१ असार मसान्तसम्म अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो। थप भएको समयमा पनि अस्पतालको भवन निर्माण सम्पन्न भएन । अहिले अस्पताल भवनको निर्माणको काम ठप्प भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij