Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल राष्ट्र बैंकले निर्देशन उलंघन गरेको भन्दै

५ वटा वाणिज्य बैंकलाई कारबाही

५ वटा वाणिज्य बैंकलाई कारबाही

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उलंघन गरेको भन्दै ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गर्ने ५ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कारबाहीमा पर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

    AGNI GROUP

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गरेको भन्दै केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना तिराएको छ ।

    बैंकले कृषि, उर्जा र लघु एवं साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेपछि नगद जरिवानासहितको कारबाही गरेको हो ।

    नेपाल बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौताअनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गर्नरगराउन नसकेको देखिएकोले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० ९क० बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ। उक्त बैंकलाई ५ लाख जरिवाना तोकेको छ ।

    यस्तै लक्ष्मी सन्‌राईज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकको निर्देशन पालन नगरेको भन्दै नसिहत दिइएको छ । बैंकको संस्थापक सेयरधनी बैंकमा कल र चालु खाता सञ्चालन गर्दै आएकोमा चालु खातामा विभिन्न मितिमा ऋणात्मक मौज्दात रहने गरी अप्रत्यक्ष रुपमा ऋण सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं। २ को बुँदा नं। १ को खण्ड ९क० को उपखण्ड ९२० बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड ९ख० बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा सोही निर्देशनको बुँदा नं। ९ को खण्ड ९१० बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम सचेत गराइएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, सोही अनुसार कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij