Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको रत्नपार्कमा सहकारी पीडितहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।
उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij