
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय बृद्ध पशुपति श्रेष्ठ ६० वर्षीय बृद्ध भएका छन् । बिहानपख उनी बाघको आक्रमणमा परेका हुन् ।
भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला श्रेष्ठलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।उनको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था स्थिर रहेको छ। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट टोली परिचालन भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij