Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

मर्दी हिमालको बेस क्याम्पमा हराएका स्विडिस नागरिकको शव फेला

मर्दी हिमालको बेस क्याम्पमा हराएका स्विडिस नागरिकको शव फेला

  • काठमाडौं । कास्कीको मर्दी हिमालको आधार शिविरमा भेटिएको मानव अवशेष स्विडेनका पर्यटकको रहेको पुष्टि भएको छ ।

    images
    images
    images

    गत शुक्रबार भेटिएको अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका स्विडेनका नागरिक माइकल लिउको भएको पुष्टि भएको हो ।

    images

    गएको पुस १४ गते मर्दी हाइ क्याम्पबाट शनिवार बिहान ४ बजेतिर बेस क्याम्प हिडेका २२ वर्षीय लिउ बेलुका होटेल नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।

    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको बताए ।

    “स्विडेनमा रहेको उहाँको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोबाइल आदिबाट लिउकै भएको पुष्टि गरेको ,” थापाले भने, “आज प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।” बेसक्याम्पको लाम डाँडामा हाड, आइफोन र केही कपडा फेला परेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij