Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कोटीहोममा स्वयंसेवकबाट पत्रकारमाथि कुटपिट

कोटीहोममा स्वयंसेवकबाट पत्रकारमाथि कुटपिट

  • काठमाडौं । पशुपतिनाथ परिसरमा भइरहेको कोटीहोममा आयोजककै तर्फबाट परिचालित स्वयं सेवकले डिसी नेपालकर्मीमाथि कुटपिट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मानव सेवा फाउण्डेशनले पशुपतिमा आयोजना गरेको कोटिहोममा आयोजकको तर्फबाट परिचालित महांकाल सेवाका स्वयंसेवकले डिसीनेपालकर्मी अनिल पोख्रेलमाथि कुटपिट गरेका हुन् ।

    AGNI GROUP

    फोटो पत्रकार पोखरेलले कार्यक्रममा फोटो खिच्न खोज्दा ती स्वयं सेवकले उनलाई अवरोध गरेको कार्यक्रमको फोटो खिच्नु आफ्नो जिम्मेवारी भएको भन्दै बुझाउन खोज्दा जबरजस्ती त्यहाँबाट केही पर लगेर कुटपिट गरिएको फोटो पत्रकार पोखरेलले बताएका छन् ।

    पत्रकार पोखरेल आइतबार कोटीहोममा भइरहेका गतिविधिको फोटो खिच्न कार्यक्रमस्थल पुगेका थिए । स्वयंसेवकले उनलाई फोटो खिच्न नदिएर अवरोध गरेको र अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन् । डिसीनेपाल डटकमले यस घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij