Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस बैठक : ११ एजेण्डामा छलफल

कांग्रेस बैठक : ११ एजेण्डामा छलफल

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको छ । आजबाट सुरु भएको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

    onlinepatrika
    Arghakhachi

    महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन, भ्रातृ संगठनहरुको अधिवेशनको समयमा निर्देशन समिति बनाउने, १०० दिने सांगठनिक अभियान (भदौ १५–मंसिर २) सञ्चालन गर्ने प्रस्ताव पेश भएको बताए ।

    AGNI GROUP

    अनुशासन समितिका संयोजकले अनुशानको विषयमा निर्णय लिने, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति गर्ने, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) विषय, समसामयिक राजनीतिलगायतको विषयमा छलफल भोलिबाट चल्ने उनले बताए ।

    प्रवक्ता महतले प्रस्ताव भएका एजेण्डामा भोलिदेखि निरन्तर छलफल गरेर केही दिनमा निष्कर्षमा पुग्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij