Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदीय समितिद्वारा राजदूतमा सिफारिस १८ जनाविरुद्ध उजुरी आह्वान 

संसदीय समितिद्वारा राजदूतमा सिफारिस १८ जनाविरुद्ध उजुरी आह्वान 

  •  काठमाडौं । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको मंगलबारदेखि सुनवाई प्रक्रिया सुरु हुने भएको छ। मंगलबार (आज) मध्यान्ह सवा १२ बजे बस्ने बैठकले १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने र त्यसपछि सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिका सभापति  पशुपति शमशेर जबराले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    सरकारले  गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। ओली सरकारले भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ। उनको पनि सुनुवाइ हुने सभापति जबराले बताए।

    AGNI GROUP

    प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएकोले फेरि सुनुवाइ गर्नुपर्ने सभापति जबराको भनाइ छ। सिफारिस भएका राजदूतलाई सुनुवाई सिमितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij