Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन्। पार्टीको भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा उनी गएराति अष्ट्रेलिया प्रस्थान गरेका हुन्।
लिङ्देन मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगर संगठनका कार्यक्रममा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की पनि छन्। उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij