Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारले १७ देशका निम्ति सिफारिस गरेका राजदूतको सुनुवाइ सकेको छ । बिहीबार सिंहदबारमा बसेको समितिको बैठकमा चारजनाको सुनुवाइ गरिएको थियो ।
अरू प्रस्तावित राजदूतको यसअघि नै सुनुवाइ गरिएको थियो । यही भदौ ३० गते बिहान ९ बजे बस्ने समितिको बैठकबाट ती १७ जनाको नाम अनुमोदन गर्ने तयारी छ ।
सरकारले गएको साउन १४ गते १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।
सरकारले चीनका लागि प्रा.डा.कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा.शैल रुपाखेती, भारतका निम्ति डा.शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा.नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा.डा.कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा.शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।
समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij