Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोरखा मिडिया प्रालि नामको कम्पनी सहकारी ठगेरै खोलिएको बताएका छन् ।
बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“गोरखा मिडिया प्रालि त कस्तो कम्पनी रहेछ भने एक पैसा पनि आफ्नो गोजीबाट नहालिएको, खोल्दा पनि सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ,” गगनले भने
उनले गोरखा मिडियामा सोचिएको भन्दा बढी ठगी भएको सहकारी विशेष संसदीय समितिको प्रतिवेदनले देखाएको बताए ।
“तर, के भनिएको छ भने ड्यामड्याम चेक काटेर दिइएको छ तर, मेरोचाहिँ दोष छैन भनिएको छ, मिल्छ ?,” उनले भने ।
उनले कम्पनी भन्नु नै सञ्चालक र एमडी भएको बताए । “कम्पनी भन्नु त अमूर्त कुरा हो तर, कम्पनी भन्नु नै एमडी हो, सञ्चालक हो,” उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij